बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

वैदेशिक रोजगारीमा गई अवधि पूरा गरी फर्किएका तर फेरि पनि सोही कम्पनीमा जानेहरुका लागि पुनः श्रम स्वकिृति खुला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार १९ गते, शुक्रबार ०८:२२

काठमाडौँ । वैदेशिक रोजगारीमा गई अवधि पूरा गरी फर्किएका तर फेरि पनि सोही कम्पनीमा जानेहरुका लागि पुनः श्रम स्वकिृति खुला गरिएको छ । कोरोना माहामारीका कारण ३ महिनाभन्दा बढी समयदेखि बन्द रहेको श्रम स्वीकृति बिहीबारबाट दिन सुरु गरिएको हो ।

पहिलो चरणमा पुनः श्रम स्वीकृति मात्रै दिन सुरु गरिएको हो । कोरोना माहामारीका बीच पनि कतिपय देशमा लकडाउन नभएको र उद्योगहरु चलिरहेको अवस्थामा पहिले गएर फर्केकाहरुलाई पुनः श्रम स्वीकृति दिन थालिएको हो । कतिपय कम्पनीबाट कामदारको माग भइ आएको र पहिले नै कागजात तयार भइसकेकाहरुका लागि श्रम स्वीकृति दिन थालिएको विभागले जनाएको छ । काठमाडौंस्थित श्रम कार्यालयबाट बिहीबारदेखि नै पुनः श्रम स्वीकृति दिन थालिएको छ ।

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिने सम्बन्धमा सेवाग्राहीले सुरक्षा सतर्कता भने अपनाउनु पर्ने बताएको छ । काठमाडौं कार्यालयले स्वास्थ्य प्रोटोकलको मापदण्ड अनुसार सेवाग्राहीको लागि लाईन बस्न २–२ मिटरको दुरी कायम हुनेगरी चिन्ह लगाइएको छ । साथै कार्यालय हातामा प्रवेश गर्दा मास्क अनिवार्यरुपमा लगाउनुपर्ने बताएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ गते बसेको वैठकले श्रम स्वीकृति खुला गर्न श्रम मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको थियो । यद्यपि श्रम मन्त्रालयले तत्कालका लागि पुनः श्रम स्वीकृति मात्रै दिन लागेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको तत्कलीन कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गएको फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगन गर्न निर्देशन दिएको थियो । समितिको निर्देशनपछि वैदेशिक रोजगार विभागले फागुन ३० गतेबाट वैदेशिक रोजगारीमा जाने, घर विदामा नेपाल आएका तथा नयाँ श्रम स्वीकृति लिनका लागि बन्द गरेको थियो ।

सरकारले आगामी साउन ७ गतेसम्मका लागि सबैखाले अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्द लगाएको छ । जसका कारण वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पाएपनि सहजरुपमा अन्तर्राष्ट्रिय उडान नभएका कारण ती देशमा जान भने कठिन हुनेछ । यद्यपि यात्रुको सङ्ख्या धेरै भई चार्टर उडान भएमा वा ती देशबाट यात्रु ल्याउनका लागि चार्टर उडान भएको अवस्थामा नेपालबाट पनि श्रम स्वीकृति लिएकाहरुले यात्रा गर्न सक्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु