
अककल तामाङ
काठमाडौ।न्युयोर्कको लङ्ग आइल्याण्डस्थित भ्यालीस्ट्रिम पार्कमा जून २८ का दिन तामाङ समाज अमेरिकाले आफ्नो दोश्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ।
समाजले दोश्रो वार्षिकोत्सव कार्यक्रम
संस्थाका कार्यसमितिका पदाधिकारी एवं सदस्य र सदस्यहरूका परिवारहरुको सिमित सहभागी भएर मनाएको हो ।
कार्यक्रममा सम्पन्न दोश्रो वार्षिकोत्सवको अवसर पारेर संस्थाका अध्यक्ष सानुमाया तामाङले तत्काल कार्यान्वयन हुने गरी २० हजार अमेरिकी डलर बराबरको नेपालमा‘लोकसेवा परिक्षा उत्प्रेरणा कोष’संचालन गर्ने घोषणा गदै नेपालको निजामती क्षेत्रमा तामाङ जातिको नगन्य उपस्थिति रहेको सन्दर्भमा लोकसेवा परिक्षा मार्फत निजामती सेवामा प्रवेश गर्न चाहने तामाङ विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको र छात्रवृत्ति नेपालको स्थानीय संस्थासँग सहकार्य गरेर संचालन गरिने जानकारी बताईन ।
समाजकी महासचिव बिनिता तमाङले “बिश्वभर फैलिरहेको कोरोना भाइरस(कोभिड-१९) को कारण बिश्वब्यापी संकटको घडीमा समाजले आफ्नो समुदायका ब्यक्तिहरुको स्वास्थमा प्रतिकुल असर नपरोस भनेर वार्षिकोत्सव कार्यक्रम सिमित घेराभित्रको उपस्थितिमा मात्र सम्पन्न गरिएको बताईन ।
कोषाध्यक्ष तुलबहादुर तामाङले कोषको लागि दोश्रो वार्षिकोत्सवकै दिन उपस्थितसहभागीहरुबाट १२,५०० अमेरिकी डलर संकलन भएको र बाँकी अपुग रकम संस्थाका शुभचिन्तकहरुबाट संकलन गरिने जनाएका छन् ।
कार्यक्रममा संस्थाका सचिव रोज बहादुर घिसिङले कार्य समितिको आगामी बैठकबाट कोष संचालनको लागि एउटा विशेष समिति गठन हुने र कोष संचालनको विधि र प्रक्रिया सो समितिले तयारी गरेर कार्य समितिले अनुमोदन गरेपछि लोकसेवा परिक्षा उत्प्रेरणा कोषको बिस्तृत जानकारी समुदायलाई सम्प्रेषण गर्ने योजना रहेको बताएका छन् ।


