प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

कोभिड १९ बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २४ हजार बढी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार १९ गते, शुक्रबार २२:१३

काठमाडौं ।कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २४ हजार ४०६ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १० लाख १ हजार २३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६१ लाख ६२ हजार ४६३ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४३ लाख १४ हजार १५४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ८७३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २८ लाख ३७ हजार १८९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३१ हजार ४८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २३ लाख ६३ हजार ७२२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८९ हजार ३८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३३ लाख १५ हजार ४५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७२ हजार ७८४ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख ४१ हजार ६३६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९२ हजार ५९६ को मृत्यु भएको छ । एसिया २४ लाख २७ हजार ४६३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५८ हजार ९९८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ४ लाख ३५ हजार ६०२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार ६८३ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ७०८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु