• के छ त ? विश्वभर कोभिड-१९ को पछिल्लो विवरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० असार २०७७, शनिबार ०७:२९

    काठमाडौं, २० असार । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ६२ लाख ९७ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

    कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६२ लाख ९७ हजार १ सय ५० जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ५ लाख २९ हजार ६३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड ११ लाख ८९ हजार ३ सय २५ छ ।

    सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ३२ हजार १०१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २८ लाख ९० हजार ५८८ पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ५४ हजार ९ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ११६ जनाले ज्यान गुमाएका छन् ।

    अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या १५ लाख ४३ हजार ३४१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २६४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६३ हजार २५४ पुगेको छ ।

    छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ६६९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ७२१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको १५ लाख ४३ हजार ३४१ पुगेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु