• हेर्नुस् के छ त ? आजको मौसम पूर्वानुमान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० असार २०७७, शनिबार ०८:१३

    काठमाडौं, २० असार । मनसुनी वायुको प्रभावसँगै मुलुकका विभिन्न भू-भागमा अहिले वर्षा भइरहेको छ । महाशाखाकाअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

    महाशाखाकाअनुसार देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आगामी २४ घण्टामा भारी वर्षासँगै बिभिन्न क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल एवं पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु