पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या १ हजार ७९ पुगेको छ ।
शनिबार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा बागलुङका २ जना, म्याग्दीका ३ जना, स्याङ्जा र तनहुँका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कास्कीका २ जनामा संक्रमण देखिएको हो ।
यस्तै, भरतपुर अस्पताल चितवनको प्रयोगशालामा नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का ७ जनामा संक्रमण देखिएको हो ।