नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

आन्दोलन र प्राप्ति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २० गते, शनिबार १४:४४

आन्दोलन र प्राप्ति

छन्द- उपजाति

धोक्रा भरौटे छल मात्र गर्ने
झोला भरौटे गुणगान गर्ने
सदैव चम्चा हजुरी बजार्ने
भएन कोही जननी सिंगार्ने।।

छोडेर झुप्रो पछुवा भएका
हाँसेर अग्लो घरमा गएका
जुठोपुरोमा अभिमान गर्ने
भएन कोही जननी सिंगार्ने।

धोक्रेहरूको हनुमान बन्दै
बोकेर हिड्दै भगवान भन्दै
ठुटा सडेका नवरत्न ठान्ने
भएन कोही जननी सिंगार्ने।

कैयौं अघोरी पनि ढाट्न आए
घस्दै खरानी गफ बाड्न आए
पहाड कब्जे दरबार अग्लो
रहेन प्यारो जननी त सग्लो।

ढ्याँङ्ग्रो ठटाए नव क्रान्ति भन्दै
स्याँन्द्रे हराए वलवान ज्यूँदै
बिलाउनेको न त नाम आयो
हरामलाई पद काम आयो।।

गर्नेछ आन्दोलन जो रमाई
सोचेर मोटो धनको कमाई
कुबेर बन्ने जब मिल्छ मौका
लगेर धर्ती तब खेल्छ चौका।।

क्रमश……

शम्भु गजुरेल
नुवाकोट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु