• आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० असार २०७७, शनिबार १८:०२

    काठमाडौं, २० असार । नेपालमा शनिबार थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा २७२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६४१५ पुगेको छ ।
    मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु