बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

नयाँ गीत “काजल” को म्युजिक भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २० गते, शनिबार १८:५८

काठमाडौं – गीतकार अर्जुनरत्न भिखारीद्वारा रचना गरिएको सुगम सुंगीतमा आधारित नयाँ गीत “काजल” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय संगीतकार सुनिल मास्केद्वारा संगीतबद्ध उक्त गीतमा गायक सुरेश लामाको स्वर सुन्न सकिन्छ । गायक लामा युवा पुस्तामा लोकप्रिय मानिन्छन् । शुक्रवार ओएसआर डिजिटलबाट सार्वजनिक भएको उक्त भिडियोले कम समयमै दर्शकको मन जितेको ।

गीतले पाएका प्रतिक्रियाहरुले यसका सर्जकहरु उत्साहित भएका छन् । उक्त गीतमा सञ्जीव बराइलीले संगीत संयोजन गरेका छन् ।

ए वान म्युजिसियनका किशोर थापाले गीतलाई मिक्स तथा मास्टर गरेका हुन् । गीतको म्युजिक भिडियोले पनि उत्तिकै प्रशंसा पाएको छ ।

युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल तथा मोडल समिर खनालले अभिनय गरेका छन् । लोमस पौडेलको सहायक निर्देशनको यो भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने विकास दाहाल यसका सम्पादक हुन् ।

यस्तो छ भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु