दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साधना लघुवित्त वित्तीय संस्थाको छ लाख ६१ हजार ५२० कित्ता साधारण शेयरआज देखि बिक्री हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २१ गते, आईतवार ८:१२

काठमाडौँ, असार २१ । साधना लघुवित्त वित्तीय संस्थाको छ लाख ६१ हजार ५२० कित्ता साधारण शेयर आइतबारदेखि बिक्री हुने भएको छ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा अनुमति दिएको सो संस्थाले प्रतिकित्ता रु १०० का दरले कूल रु छ करोड ६१ लाख ५२ हजार बराबरको साधारण शेयर बिक्री गर्न लागेको हो । वित्तीय संस्थाको जारी पूँजी रु २१ करोड ७७ लाख ८० हजारको ३२.५० प्रतिशतले हुन आउने रु सात करोड सात लाख ८० हजार बराबरको रु १०० अङ्कित दरका सात लाख सात हजार ८०० कित्तामध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात् १० हजार ८९० कित्ता शेयर कर्मचारीलाई तथा सर्वसाधारणलाई छुट्याएको छ । सोमध्ये पाँच प्रतिशत अर्थात् ३५ हजार ३९० कित्ता शेयर सामूहिक लागनी कोषका लागि सुरक्षित गरिएको छ । उक्त वित्तीय संस्थाको साधारण शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमएई क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकका अनुसार आइतबारदेखि बिक्री हुने साधारण शेयर छिटोमा यही असार २४ गतेसम्म र ढिलोमा आगामी साउन ४ गतेसम्म बिक्री गरिनेछ । इक्रा नेपालले गरेको रेटिङमा सो वित्तीय संस्थाको शेयर औसतभन्दा तल आधार रहेको उल्लेख गरिएको छ । नेपाल धितोपत्र बोर्डले यही असार ७ गते साधारण शेयर निष्कासनका लागि संस्थालाई स्वीकृति दिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु