• आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ असार २०७७, आईतवार १२:१४

    काठमाडौं, असार २१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने तय भएको छ । पार्टीको १४ औं महाधिवेशन र समसामयिक राजनीतिक गतिविधिको विषयमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेसले जनाएको छ ।

    बैठक पार्टी केन्द्रीय कार्यालय सानेमा दिउँसो २ बजे बस्ने छ । आजको बैठकले महाधिवेशनको कार्यतालिकालाई पूर्ण रुप दिन सक्ने समेत जनाएको छ । आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको कार्यतालिका कांग्रेसले पहिले नै सार्वजनिक गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु