दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यो वर्षको महिनाभरि लाग्ने श्रावणी मेला कोरोना महामारीका कारण स्थगित्

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २१ गते, आईतवार १९:००

काठमाडौं, २१ असार । यो वर्षको महिनाभरि लाग्ने श्रावणी मेला कोरोना महामारीका कारण स्थगित् गरिएको छ । बोल बम कावरिया संघ, भोलेनाथ कावरिया संघ, ॐ बोलबम कावरिया संघ र श्री पशुपतिनाथ कावरिया संघले आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यो वर्षको श्रावणी मेला स्थगित् गरिएको जानकारी गराएका हुन् ।

हिजो (शनिबार) असार २० गते को दिन बोल बम काँवरिया संघको कार्यालयमा संघका अध्यक्ष श्री रामआज्ञा रौनियारको अध्यक्षतामा बसेको बैठकले यो वर्षको श्रावणी मेला कोरोना भाइरसको कारण स्थगित् गर्ने सर्वसम्मतीले निर्णय भएको बोल बम काँवरिया संघका कार्यवाहक अध्यक्ष विश्वनाथ प्रसाद गुप्ताले जानकारी दिए । कोरोनाकै कारण आफुहरुले यो मेला स्थगित् गरेको गुप्ताले स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा बोल बम काँवरिया संघका अध्यक्ष रामआज्ञा रौनियार, उपाध्यष उमेशकुमार चौधरी, भोलेनाथ काँवरिया संघका कोषाध्यक्ष नरेश तिवारी, ॐ बोलबम कावरिया संघका कोषाध्यष कनहैयालाल ठाकुर र श्री पशुपतिनाथ काँवरिया संघका रामायण प्रसाद गुप्ता सहभागी थिए । उनीहरुले पनि कोरानाकै कारण आफूहरुले यो वर्षको श्रावणी मेला स्थगित् गरेको जनाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु