आर्थिक क्रान्तिका पाटाहरुमा नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने एनआरएनए अभियन्ता आरके शर्माको विश्वासआयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण : अध्यक्ष सिंहकक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुसंयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा ब्रतबन्ध,गुन्यु चोलो तथा भागवत सप्ताह सम्पन्नमधेश र कर्णाली विजयीसूर्य नेपाल काठमाडौं ओपन भुवन शीर्षस्थानमा कायमै, दिनेशमाथि ६ स्ट्रोकको अग्रताअभिलाषा र सुनिरा फाइनलमासदस्य–सचिव र मारिसोलबीच भेटखेलकूद मन्त्री विराजभक्त श्रेष्ठ र विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कसाडोबीच भेटबार्तामैत्रीपूर्ण फुटबलमा बङङ्गलादेश विजयी

बैंक अफ काठमाण्डू लिमिटेडको निक्षेप ग्राहक महानुभावलाई बीमा दाबी रकम भुक्तानी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २१ गते, आईतवार २०:०५

काठमाडौ ।बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ रु. एघार लाखसम्मको बीमा सुबिधा उपलब्ध गराउदै आईरहेको छ ।

बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि रु.पाँच लाख, १८ घातक रोगहरुको लागि रु.पाँच लाख तथा औषधी उपचारको लागि रु.एक लाखको बीमा सुबिधा रहेको छ । यस खातामा रहेका सुबिधाहरुको लाभ लिन श्रीमती शुभद्रा श्रेष्ठले बैंक अफ काठमाण्डू लिमिटेडको साँखु शाखामा बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहनु भएको छ ।

श्रीमती श्रेष्ठले आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिनु भएको थियो । बैंकको उक्त मुद्दती खाता खोली बंैकिङ्ग कारोबार गर्दै आईरहनु भएकी निज श्रेष्ठज्यूले औषधी उपचारको लागत खर्च बापत नियम बमोजिम भुक्तानी पाउनु भएको छ । बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुबिधा श्री सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराउँदै आईरहको छ ।

बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहज्यूले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक श्रीमती शुभद्रा श्रेष्ठ लाई हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा श्री सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको जोरपाटी शाखाका प्रबन्धक उत्तम राज जोशीज्यूको उपस्थीती रहेको थियो ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु