• “छैनौ तिमी गीतको मार्मिक म्युजिक भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ असार २०७७, आईतवार २१:१७

    काठमाडौ ।एउटी आमालाई थाहा हुन्छ सन्तान गुमाउनुको पिडा । सन्तान को पिडा एउटि आमाले कसरी सहन्छे। सन्तान बियोगको पीडा भुल्न खोज्दा कहिले सम्हालिन्न आमाको मन ।

    सरिता सारु मगर ‘डाँगी’ को वास्तविक जिन्दगीमा आधारित “छैनौ तिमी गीतको मार्मिक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    सरिताले आफ्नो छोरा धिरजलाई गुमाए पछि उनको सम्झनामा यो म्युजिक भिडियो तयार पारिएको हो । गीतको भिडियोमा अल्पायुमै आफ्नो छोरा गुमाउनुको पिडा लाई अतिनै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।

    यस गीतमा स्वर चर्चित गायिका मेलिना राईको रहेको छ भने गीतका मनछुने शब्द सरिता सारु मगरले लेखेकी हुन् । गीतमा संगीत नविन कार्कीको रहेको छ भने संगीत संयोजन सुमन केसीले गरेका हुन् ।

    म्युजिक भिडियोमा देशनरेश अधिकारी, कल्पना घिमिरे , सौरभ राई ,युनिक राईको जिवन्त अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र कोइरालाले छायांकन र सम्पादन गरेको भिडियोलाई देशनरेश अधिकारीको निर्देशनमा तयार पारिएको हो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु