• वरिष्ठ वैदेशिक रोजगार व्यवसायी हेम गुरुङ वैदेशिक रोजगार बोर्डको सदस्यमा मनोनित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ असार २०७७, सोमबार ११:४७

    काठमाडौँ–वरिष्ठ वैदेशिक रोजगार व्यवसायी एवं एसओएस म्यानपावर सर्भिस प्रा.लि.का संचालक हेम गुरुङ वैदेशिक रोजगार बोर्डको सदस्यमा मनोनित भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ अनुसार व्यवसायी गुरुङलाई बोर्ड सदस्यमा मनोनयन गरेका हुन् ।

    मनोनित सदस्यहरुको कार्यकाल निर्णय भएको मितिले दुई वर्ष सम्म रहनेछ । मन्त्रालयले गुरुङलाई वैदेशिक रोजगार व्यवसायीहरुकातर्फबाट र खड्कालाई वैदेशिक रोजगार विज्ञकारुपमा मनोनित गरेको हो । व्यवसायी गुरुङले यसअघि पनि बोर्ड सदस्य रहेर दुई वर्ष कार्यकाल सफलताका साथ बिताइसकेका छन् । गुरुङ नेपालको वैदेशिक रोजगारको क्षेत्रमा गौरवमय ईतिहास बनाएको एसओएस मेनपावर सर्भिस प्रा.लि.का अध्यक्ष हुन् ।

    २०५२ सालदेखि निरन्तर रुपमा वैदेशिक रोजगारमा उलेख्य संख्यामा कामदार पठाएको एओसएस यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट समेत उत्कृष्ट मेनपावरका रुपमा सम्मानित भएको थियो । नेपालबाट धेरै कामदार वैदेशिक रोजगारीमा पाठाउने गरेको एसओएसले गत आर्थिक वर्ष २०७०/७१ मा ९ हजार २ सय १४ जना नेपाली कामदार वैदेशिक रोजगारमा पठाएको थियो । श्रममन्त्रीको अध्यक्षता रहने यस बोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, वैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, वैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरुको प्रतिनिधित्व रहने व्यवस्था रहेको छ ।

    हाल बोर्डमा अध्यक्षसहित २५ जना सदस्य रहेका छन् । बोर्डमा बैदेशिक रोजगारको छेत्रबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरे र कोषाध्यक्ष इन्दिरा गुरुङ पनि सदस्य रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु