दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

२ नेपाली युवा वल्ड बुक अफ रेकर्ड, लण्डनको STAR 2020 अन्तरार्ष्टिय उपाधिबाट सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २२ गते, सोमबार २०:१३

काठमाडौं ।लायन्स क्लब अफ काठमाण्डौ कृयेटिभ युथको संस्थापक अध्यक्ष गनिका गुरुङ र पूर्व अध्यक्ष अनिल बुर्जा मगरलाई वल्ड बुक अफ रेकर्ड, लण्डन ले ( STAR 2020) शीर्षक अन्तरगत सूचिकृत गरिएको छ। वरिष्ठ समाजसेवक लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ( 325 ए वान ) को डिस्ट्रिक गर्भनर लायन टंक बहादुर श्रेष्ठको प्रमुख आतिथ्व थीयो त्यसै गरी जि.एस.टि मल्टीपल कोडीनेटर लायन अन्नत प्रसाद भेटुवाल, भाईस डिस्ट्रिक गर्भनर लायन कर्म गुरुङ, वरिष्ठ ऱ्यापर निर्णय श्रेष्ठ र पि. ई.एफ का अध्यक्ष विष्णु पेखरेलको विशेष उपस्थितिमा STAR 2020 को प्रमाण पत्र प्रदान गरिएको जानकारी श्री सन्तोष शुक्ला अध्यक्ष वल्ड बुक अफ रेकर्ड, लण्डनले दिनु भएको छ।

वल्ड बुक अफ रेकर्ड विश्वव्यापी रूपमा रेकर्डहरू प्रमाणिकरण गर्ने अन्तराष्ट्रिय संस्था हो। यसले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, केनिया, मोरिसियस, सिंगापुरबाट आफ्नो गतिविधिहरू सन्चालन गर्दै आईरहेको छ। एसिया, अफ्रिका र युरोपभर विश्वव्यापी
सन्चालनमार्फत वल्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, मठमन्दिर र सामाजिक, आर्थिक सांस्कृतिक संगितिक लगायत क्षेत्रमा उल्लेख्य योगदान पऱ्याएका व्यक्ति र संस्थालाई सूचिकृत र सम्मानित गर्दै आएको छ।

यहि सन्दर्भमा वल्ड बुक अफ रेकर्डले COVID-19 मा विशेष योगदान पुऱ्याउनु हुने यी दुई नेपाली युवालाई STAR 2020 शीर्षक अन्तरगत सूचिकृत गरिएको हो। यी दुई नेपाली युवा ८ वर्ष देखि निरन्तर रूपमा आफ्नो जीवन समाज सेवामा सर्म्पित गर्दै आईराख्दा आफू लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ एवानको सदस्य हुनुमा गर्व गर्दछन्।

चेपाङ्ग बस्ती देखि सॅखुवासभा , मुगु देखी बाजुरा हुदै अनेक दैबीक प्रकोप बाडि पहिरो र अहिले COVID-19 महामारिको बेलामा पनि यी दुई नेपाली युवाको सक्रियाताले हजारौ मानिस र संयौ परिवारलाई सेवा पुगेको छ।

( सांसद, बेलायत) डा. दिवाकर शुकुल -( अध्यक्ष वल्ड बुक अफ रेकर्ड, लण्डन) श्री सन्तोष शुक्ला ( अध्यक्ष वल्ड बुक अफ रेकर्ड) श्री सागर कटुवाल ( अध्यक्ष वल्ड बुक अफ रेकर्ड, नेपाल) लगायत नेपाल र लण्डनका विशिष्ट व्यक्तित्वहरूले बधाई ज्ञापन गर्नु भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु