आज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणा

ओलीले सरकार र प्रचण्डले पार्टी चलाउनुपर्छ : प्रसाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २२ गते, सोमबार २२:०६

काठमाडौं, २२ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यहरुले पार्टीभित्रको आन्तरिक विवाद र कलह आपसी समझदारीमा हल गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी एकतालाई जोगाउनको लागि पनि नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नभएको उनीहरुको भनाई छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ज्येष्ठ कम्युनिष्ट मञ्चका अध्यक्ष तथा नेकपा स्थायी कमिटी सदस्य एन. के. प्रसाईले नेताहरुले विवेक प्रयोग गर्नुपर्ने बेला आएको बताएका छन् । उनले भने,‘अहिले पार्टी फुटाउने काम कसैले पनि गर्नुहुँदैन् । फुट्नु हुँदैन् । दुनियाँ जगतलाई हसाउनुहुँदैन् ।’ प्रसाईले पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने एजेण्डा नभएको सुनाए ।

तर, प्रधानमन्त्री ओलीले मदन जयन्तीमा आफूलाई भारतले हटाउन खोजेको र भारतको उक्त खेलमा नेकपाका नेताहरुको सहभागिता रहेको भनेर दिएको अभिव्यक्तिका कारण नेताहरुले राजीनामा मागेको उनको स्पष्टोक्ति थियो ।

उनले भने,‘प्रधानमन्त्रीले स्थायी कमिटीको बैठकमा आत्माआलोचना गर्नुपर्छ । उहाँले अब सरकार चलाउने र अर्को अध्यक्ष प्रचण्डले पार्टी चलाउनुपर्छ । यसरी सहमति गर्नुपर्छ ।’ उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिँदै त्यसको लागि पार्टी एकताताका गरिएको ५ बुँदे सहमति पालना गर्नुपर्नेमा जोड दिए । उनले भने,‘नेताहरुले संयमतापूर्वक एकतामै जोड दिनुपर्छ । त्यसको विकल्प छैन् ।’

उनले ओलीले मेरो गोरुको बाह«ै टक्का गरेर प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्न नमाने अर्का अध्यक्ष दाहालले महाधिवेशनसम्म त्याग गरेर महानता देखाउनुपर्ने सुनाए । ‘यसो गर्दा जनता र आम पार्टी पँक्तिमा पनि प्रचण्डको राम्रो मूल्यांकन हुन्छ। अब पार्टीमा नेताहरुले गाईजात्रा देखाउनुहुँदैन् ।’–उनले थपे ।

पार्टी र सरकारको अहिलेको प्राथमिक मुद्दा राष्ट्रिय स्वाधिनताको रक्षा हुनुपर्ने उनको भनाई छ । अहिलेपनि नेपालको भूमी भारतले कब्जा गरेको भन्दै ती भूमि फिर्ता ल्याउन सबै एकजुट हुनुपर्ने उनले बताए । उनले भने,‘अहिले हाम्रो प्राथमिक मुद्दा स्वाधिनता हुनुपर्छ । भारतसँग द्धिपक्षीय वार्ता हुनुपर्छ । पटक पटक वार्ता गर्नुपर्छ । यदि विवाद हल हुँदै नभए हामीले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । नैतिक समर्थनको लागि अपिल गर्नुपर्छ । कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्छ ।’ उनले स्वाधिनताको रक्षा नगरीकन समाजवादको कुरा गर्न नसुहाउने पनि तर्क गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु