काठमाडौं –गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राऊ गर्ने निर्देशन दिएको छ । घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।
सोमबार जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गर्दै गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
गृहमन्त्रालयले मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने गरी परिपत्र गरेको जानकारी दिएको छ । सरकारले लकडाउन केही खुकुलो बनाएको पछि सार्बजनिक ठाउमा निस्किदा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, बिनाकाम बाहिर ननिस्कन भनेकोमा मानिसहरु बिना काममा बाहिर निस्कने, भिडभाड भएर जम्मा हुने मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने देखिए पछि यस्तो कदम चालेको गृह मन्त्रालयले बताएको छ ।