३०७ जनाले पाए श्रम स्वीकृति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २२ गते, सोमबार २२:४६

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण करिब चार महिनादेखि रोकिएको श्रम स्वीकृति बिहीबारदेखि खुला गरिएको छ । बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय भएको थियो ।
करार अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र भिसाको म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिए, कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलका आधारमा पुनः श्रम स्वीकृति जारी गर्ने निणयअनुसार ३०७ जनाले श्रम स्वीकृति पाएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ । श्रम स्वीकृति पाउनेमा पुरुष २५८ जना र महिला ४९ जना छन् ।

वैदेशिक रोजगार कार्यालयबाट यही असार २१ मा पुनः श्रम स्वीकृति प्रदान गरिएको देशगत विवरण यस्तो छ

बहराइन ८ जना, ब्रुनाई ४ जना, चेक गणतन्त्र २ जना, जापाल ४१ जना, कुवेत १० जना, चीन ९ जना, मलेसिया २४ जना, माल्दिप्स २ जना, माल्टा ७ जना, ओमान २ जना , पोल्यान्ड ४ जना, कतार ४५ जना, कोरिया २, दिथुनिया १ जना, सेनेगल १ जना, सेसेल्स २ जना, युएई १४२, युगान्डा १ जना छन् । पुनः श्रम स्वीकृति पाए पनि अन्तर्राष्ट्रिय उडान भने साउन ७ गतेसम्म बन्द छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु