• “दुःखी बाहुन” सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ असार २०७७, सोमबार २३:१५

    काठमाडौँ – मोडल तथा युबा निर्देशक डि.आर सुजनको नयाँ गीत “दुःखी बाहुन” लिएर सार्वजनिक भएको छ । गीतमा गायक राम कुमार नेपाली, बालगायिका आयुषा गौतम, गायिका निरु कार्की र बिरेन्द्र एसबीको स्वर रहेको छ, भने शब्द, संगीत डि.आर सुजनको नै रहेको छ ।
    उक्त म्युजिक भिडियोलाई डि.आर सुजनले निर्देशन गरेका छन, भने राहुल राइले छायांकन गरेका हुन ।
    गीतमा बाल गायिका आयुशा गौतम सहित डि.आर सुजन, सरस्वती फुयाँल, दिवाकर भण्डारी “सापटे”, लेखान्त भुसाल “घिरौले”, केदार न्यौपाने, श्रीजना रोका “चुइसी”, सन्तोष सुबेदी, अर्जुन कार्की, सिताराम थापा र बिमल खड्काको अभिनयमा रहेको छ । यस गीतको दृश्य निर्माण धुन नेपालले गरेको छ भने सम्पादन दिपक बिष्टले गरेका हुन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु