• गायक सन्जिब पराजुलीको नयाँ गीत ‘मन’को भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ असार २०७७, सोमबार २३:२४

    काठमाडौं – गायक सन्जिब पराजुलीको नयाँ गीत ‘मन’को भिडियो सार्वजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत र प्रलाद शाहको शब्द छ । गीतमा रिकेस गुरुङको एरेन्ज तथा प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ छ ।

    गीत ‘मन’को भिडियोमा गणेश शाहीको निर्देशन छ । भिडियोमा विकास लामिछाने, मलाइका बस्नेत, पुजा शाह र आशिक खड्का फिचर्ड छन् । भिडियोमा फराज अर्पण (नेपाल) र राजीव भुषाल(अष्ट्रेलिया)को छायांकन र फराजकै सम्पादन छ ।

    गीतकार प्रल्हादको गीत ‘परानै दिन्छु’, ‘हुक्का माथि चिलिम’लगायतका गीत चलेका गीतमा पर्दछन् । गायक पराजुलीका कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’पहिलो भेटैमा’, ‘हिट हिट गीत’‘छैन मलाई पीर’ जस्ता डान्सिङ नम्बरका गीत पछि ‘मन’ बोलको गीत सार्वजनिक भएको हो । सन्जिबको ‘झिलमिल झिलमिल’‘त्यो सपन‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’ गीत पनि चलेका गीत हुन् ।
    भिडियो लिंक

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु