आज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणा

मन्त्री पार्वत गुरुङ्गको अध्यक्षताम राष्ट्रिय निर्देशन समिति गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २३ गते, मंगलवार ११:१२

२३ असार २०७७ शर्मिला विश्वकर्मा,काठमाण्डौ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गको अध्यक्षतामा अपाङ्गता राष्ट्रिय निर्देशन समिति गठन गरिएको छ । अपाङ्गता क्षेत्रम नीतिगत काममा सहजीकरणका लागि अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ ( दोस्रो संशोधन) २०७५ सहितको दफा ३८ (३) बमोजिम महिला बालबिलका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्को असार १९ गतेको निर्णयबाट असार २१ गते अपाङ्गता राष्ट्रिय निर्देशन समिति गठन गरिएको छ । सो समितिमा अपाङ्गता क्षेत्रमा राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याएका मध्येबाट बारा जिल्लाका जगदिश प्रसाद अधिकारी र काठमाण्डौंका रामप्रसाद ढुङ्गाना, विज्ञ मध्येबाट लमजुङ्ग जिल्लाकी प्रतिमा गुरुङ्ग, ललितपुरका डा. विरेन्द्रराज पोखरेल,सेवाप्रदायक संस्थाबाट गोरखाकी इन्द्रमाया गुरुङ् र बाँकेका कृष्ण गौतम मनोनित हुनु भएको छ ।


त्यसै गरी वर्गिय अपाङ्गताको तर्फबाट दोलखका रमेश लामा, काठमाण्डौका नरबहादुर लिम्बु, बाग्लुङ्का केदार प्रसाद अधिकारी ( के.पी.), गोरखाका मातृका देवकोटा, धनकुटाका युवराज कट्टेल, कास्कीकी लोचना अधिकारी, ललितपुरकी डा. सुनिता मलेकु / अमात्य, कपिलवस्तुकी पवन आचार्य, काठमाण्डौंकी हसना डङ्गोल र काभ्रेपलाञ्चोककी रोजिना श्रेष्ठ मनोनित हुनु भएको छ । सो राष्ट्रिय निर्देशन समितिमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रिय अध्यक्ष मित्रलाल शर्मालाई पदेन सदस्यको रुपम चयन गरिएको छ । त्यसै गरी अपाङ्ग राष्ट्रिय निर्देशन समितिका सदस्य एवं नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिश प्रसाद अधिकारीले यस समितिले अपाङ्गता भएका व्यक्तिहरुका प्रत्येक सवालहरुमा नीतिगत रुपमा काम गर्ने बताउनु भयो । सो समितिमा विभिन्न मन्त्रालयका मुख्य सचिव, सचिव, प्रतिनिधि र राष्ट्रिय सभाका प्रतिनिधि तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रतिनिधित्व पनि रहने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु