• पूर्वराजा ज्ञानेन्द्र शाह आजदेखि ७४ औँ वर्षमा प्रवेश

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ असार २०७७, मंगलवार १२:००

    काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह आजदेखि ७४ औँ वर्षमा प्रवेश गरेका छन् । तर देशको विषम परिस्थितीका कारण उनले विगत जसरी जन्मदिन भने नमनाउने भएका छन् ।

    मुलुकमा लोकतन्त्र आउनु अघि राजाको जन्मदिनमा सार्वजनिक बिदा हुने गरेको भएपनि २०६२–६३ को जनआन्दोलनपछि बनेको सरकारले राजाका अधिकारहरु कटौति गरेसँगै सार्वजनिक बिदा दिन छोडिएको हो ।

    ०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले मुलुकमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गर्यो । त्यसपछि पूर्वराजा शाहले सर्वसाधारणकै हैसियतमा जन्मोत्सव मनाउँदै आएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु