• हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ असार २०७७, मंगलवार १२:१०

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ केही बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा सात सय रुपैयाँले महँगिएको छ भने चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुन तोलाको ९० हजार ९ सय कायम गरेको छ । सोमबार तोलाको ९० हजार २ सयमा कारोबार भएको थियो । आइतबार भने तोलाको ९० हजार ५ सयमा कारोबार भएको थियो ।यस्तै तेजाबी सुनको भाउ पनि तोलामा सात सय रुपैयाँले बढेर ९० हजार ४ सय ६० पुगेको महासंघले जनाएको छ । यसैगरी चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ९५० कायम भएको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु