• मैदान’ ले आगामी २०२१ को अगष्टमा फिल्म रिलिज गरिने घोषणा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ असार २०७७, मंगलवार १२:४३

    काठमाडौ ।कोरोना भाइरसका कारण विश्वभरीका फिल्मको रिलिज पनि यससँगै अन्यौल भएको छ । कोरोना माहामारी पछिको अवस्थालाई निक्यौल गर्दै केही हलिउड र बबलिउडका फिल्मले भने रिलिज डेट तय गरिरहेका छन् ।

    शरुवातताकाका सबै रिलिज डेटहरु क्यान्सिल गर्दै मिति केही पर धकेल्दै रिलिज डेटहरु घोषणा भईरहेको छ । बलिउडमा ‘सुर्यवंशी’‘८३’ लगायता फिल्मले रिलिज डेट घोषणा गरिसकेका छन् । यस्तै बलिउडमै अर्को एउटा फिल्मले रिलिज डेट तय गरेको छ ।

    अभिनेता अजय देवगन अभिनीत फिल्म ‘मैदान’ ले आगामी २०२१ को अगष्टमा फिल्म रिलिज गरिने घोषणा गरेको छ । उनले फिल्मको नयाँ रिलिज मिति घोषणा गर्दै लेखेका छन्, ‘२०२१ स्वतन्त्रता दिवसको हप्ता । अहिलेसम्म नसुनेको कहानी, जुन सबै भारतीयलाई गर्व महशुस हुनेछ । १३ अगस्ट मार्क गर्नुहोस् ।’

    अजयले फरक विषयमा निर्माण भएको फिल्म ‘मैदान’ अगष्ट १३ लाई रिलिज घोषणा गरेको हो । अमित शर्मा निर्देशित ‘मैदान’मा उनी भारतीय फुटबल कोच सैय्यद अब्दुल रहीमको भूमिकामा छन् ।

    २०२० को नोभेम्बरबाट ‘मैदान’ २०२१ को अगष्टमा पुगेको हो । फुटबलर सैय्यद अब्दुल रहीमको जीवनमा आधारित भएर निर्माण ‘मैदान’ अजयको प्रतिक्षित फिल्म हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु