आज २ सय ४ जना कोरोना भाइरसका संक्रमित पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २३ गते, मंगलवार १७:०१

काठमाडौं, २३ असार । नेपालमा आज २ सय ४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार १ सय ६८ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ७ हजार ४ सय ९९ घर फर्केका छन् । पुर्वका तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु