दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेप्से ३७.९३ अंकले बढ्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २३ गते, मंगलवार १७:३५

काठमाडौं, २३ असार / सेयरबजारमा आज अर्बभन्दा बढीको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार परिसूचक नेप्से ३७.९३ अंकले र ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ६.७१ अंकले बढेको हो।

आज १ सय ७८ कम्पनीको २८ लाख ८३ हजार ९ सय ४८ कित्ता सेयर बिक्री हुँदा १ अर्ब २१ करोडको कारोबार भएको हो। आज १८ हजार १ सय ४० पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ। कुल १२ समूहकै कारोबार सूचक हरियो हुँदा निर्जीवन बीमाको उच्च अंकले बढेको छ। त्यसपछि जीवन बीमा र होटलको पनि कारोबार सूचक बढेको छ।

कारोबारका हिसाबले आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ९ करोड १२ लाखको, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ६० लाखको, हिमालयन डिस्टिलरीको ५ करोड ८६ लाखको, एनएमबी बैंकको ५ करोड ९ लाखको, छिमेक लघुवित्त वित्तीय संस्थाको ४ करोड २४ लाखको, एनआईसी एसिया बैंकको ३ करोड ७१ लाखको, शिवम् सिमेन्टको ३ करोड ६८ लाखको सेयर कारोबार भएको छ।

आज कमाउनेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सेयरधनी पहिलो नम्बरमा छन्। कम्पनीको सेयर १० प्रतिशतले बढेको हो। त्यस्तै, मञ्जुश्री फाइनान्स लिमिटेडका सेयरधनीले पनि कमाएका छन्। कम्पनीको पनि १० प्रतिशतले सेयर मूल्य बढेको छ। यसबाहेक नेपाल रिइन्स्योरेन्स कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्था र ओरेन्टल होटल्स लिमिटेडको पनि १० प्रतिशतले नै सेयर बढेको छ।

आज गुमाउनेमा भने खानीखोला हाइड्रोपावर कम्पनीका सेयरधनी पहिलो नम्बरमा छन्। उनीहरुले प्रतिकित्ता ३.८५ प्रतिशत गुमाएका छन्। त्यस्तै ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थालगायतका सेयरधनीले पनि थोरै गुमाएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु