दुई दिनमा १७ हजारले गरे फर्निचर एक्स्पोको अवलोकनएनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादन

नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २३ गते, मंगलवार २०:३६

काठमाडौं, २३ असार । नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बैठकले थापालाई २८ औँ महानिरीक्षकमा नियुक्त गरेको हो । महानिरीक्षकको दौडमा थापासँगै हरिबहादुर पाल पनि हुनुहुन्थ्यो तर कार्यसम्पादन मूल्याङ्कनमा थापा नै अघि हुनुहुन्थ्यो ।

प्रहरी सेवामा २८ वर्ष बिताउनुभएका थापा भक्तपुरका हुनुहुन्छ । थापाले २०७९ वैशाख १८ गतेसम्म प्रहरीको महानिरीक्षक पद सम्हाल्नुहुनेछ । हालका प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीले आजैदेखि अवकास पाउँदै हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु