• ग्यास्ट्रोनमी भनेको खाना र लोकल संस्कृति बीचको सम्बन्धको अध्ययन हो: भण्डारी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ असार २०७७, बुधबार ०७:२६

    ग्यास्ट्रोनमी भनेको खाना र लोकल संस्कृति बीचको सम्बन्धको अध्ययन हो । जबकि खाना तयार पार्ने एक विशिष्ट कलात्मक शैली हो, जुन प्रायः रैथाने खानासँग सम्बन्धित हुन्छ ।खाना पकाउने रैथाने तरिकाहरू, पौष्टिक तथ्यहरू, खाद्य विज्ञान, र पस्कने शैली, स्वाद र गन्धको प्रयोग तथा खाद्य पदार्थहरूको मानवीय गुणको रूपमा प्रयोग गर्ने तौर-तरिकालाई नै ग्यास्ट्रोनोमी भनिन्छ ।

    ग्यास्ट्रोनोमीमा अन्वेषण, स्वाद लिने, अनुभव गर्ने, अनुसन्धान गर्ने, बुझ्ने र खाना तयार गर्ने र सम्पूर्ण मानव पोषणको सम्बन्धि गुणहरूको बारेमा जान्नुपर्ने हुन्छ । ग्यस्ट्रोनोमी भनेको मानिससँग सम्बन्धित सबै कुराको ज्ञान र समझ हो जुन उसले खान्छ जसको उद्देश्य उत्तम भोजन प्रयोग गरेर मानवहरूको स्वास्थ्य सुनिश्चित गर्नु हो । सन् १८०१ मा जोसेफ बर्चौक्सको “Gastronomie” शीर्षकको कविताले यो शब्दलाई जन्माएको मानिन्छ । ग्यास्ट्रोनोमीको विकास र इतिहासको प्रत्येक अवधिमा सामाजिक र आर्थिक पृष्ठभूमिबाट स्पष्टसँग प्रभावित भएको छ । सन् १८२५ मा युरोपबाट मानिसमा रहेको खानाको तर्क र ज्ञानसँग ग्यास्ट्रोनोमीलाई परिभाषित गरियो । यसको उद्देश्य ‘उत्तम सम्भावित खानाको माध्यमबाट मानिसको स्वास्थ्य संरक्षणमा योगदान पुर्याउनु थियो । रैथाने बाली र मसला प्रयोग गरि नयाँ नयाँ खानाको प्रयोग गर्नु थियो ।


    ग्यास्ट्रोनोमी फुडमा नेपालको स्थिति कस्तो छ ? के गर्दा होला ? के हामी हाम्रा होटल तथा रेष्टुरेन्ट का मेनु मा त्यही पिजा, पास्ता, बर्गर र स्टिकमा नै सिमित हुने हो ? किनेमा, घिण्टी, छ्यांग, क्वाँटी, ढिडो, रिकीकुर, कन्चाम्बा, ढिक्रि, भक्का, रोटो, माडा, खोले बिर्सने हो ?

    ग्यस्ट्रोनोमी फुड टुरिजम ग्रामीण विकासको दिगोपन, आर्थिक र वातावरणीय योगदान तथा स्थानीय खाद्यान्नसँग लगातार जोडिरहेको हुन्छ, जसले परम्परागत संस्कृति संरक्षण गरेर, पर्यटकहरूलाई आकर्षित गर्ने र क्षेत्रीय अर्थव्यवस्थालाई समर्थन गरेर अपरिहार्य भूमिका खेल्छ । यद्यपि स्थानीय खानाको प्रामाणिकता र गुणस्तर धेरैजसो प्रतिस्पर्धात्मक लाभका रूपमा पूर्ण रूपमा विश्वास गर्ने अवस्था छैन तर हामी सेफहरुले यसको विकास गर्नुपर्छ । प्रामाणिकताको अभावले गर्दा गुण/अव-गुणहरु, पर्यटक सन्तुष्टि र पर्यटक वफादारीमा असर गर्दछ । तसर्थ, यस गुणस्तर–सन्तुष्टि–वफादारी ढाँचामा प्रामाणिकताको भूमिकाको जाँच गर्नैपर्ने हुन्छ । खानाको प्रामाणिकता भनेको खाद्य पर्यटनको गुणस्तर–सन्तुष्टि–वफादारी ढाँचाको कुञ्जी पूर्ववर्ती हो भनेर गुणहरूको परम्परागत दृष्टिकोणलाई औल्याउनु हो ।तसर्थ खानाको प्रामाणिकतामा ध्यान दिईएको खण्डमा मात्र नेपाली ग्यस्ट्रोनोमी फुड टुरिजम फस्टाउन सक्छ ।

    लेखक: सेफ लक्ष्मन प्रसाद भण्डारी ग्लोबल नेप्लिज सेफ फेडेरेशनका कार्यकारी प्रमुख हुन )

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु