एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल

अस्ट्रेलियाको मेलबर्नमा ६ साता लकडाउनको घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २४ गते, बुधबार १५:००

काठमाडौं – अस्ट्रेलियाको मेलबर्नमा ६ साताका लागि लकडाउनको घोषणा गरिएको छ । भिक्टोरिया राजयका प्रिमियर डेनिअल एन्ड्र्युले मंगलबार कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै मेलबर्नमा ६ साता लकडाउन गरिने घोषणा गरेका हुन् । यो लकडाउन बुधबार मध्यरातिदेखि लागू हुनेछ ।

लकडाउनको क्रममा मानिसहरुलाई खाना किन्न जाने, काममा जाने, स्वास्थ्य सेवा लिने/दिने, व्यायाम गर्ने लगायतका कामलाई मात्र बाहिर निस्किन दिइनेछ । भिक्टोरियाको मिचेल सायरमा पनि ६ साताको लागि लकडाउनको घोषणा गरिएको छ । रेष्टुरेन्टलगायतका यसअघि खोल्न अनुमति पाएका व्यवसायहरु भने लकडाउनमा बन्द हुनेछन् ।

प्रिमियर एन्ड्र्युले मुलुकमा सबैभन्दा खराब अवस्था आउन नदिन सबै मानिसले लकडाउनको नियमको पलना गर्नु जरुरी रहेको उनको भनाइ छ । गत शनिबारदेखि मेलबर्नका तीन हजार मानिसको बसोबास रहेको नौ हउजिङ टावर लकडाउन गरिएको छ । उनीहरुलाई उक्त भवनबाट बाहिर निस्किने अनुमति दिइएको छैन भने खानाको व्यवस्था सरकारले गर्दै आएको छ ।

मंगलबार भिक्टोरियाले पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १९१ नयाँ संक्रमित फेला परेको बताएको थियो । यो एकैदिनमा भेटिएका अहिलेसम्मकै धेरै नयाँ संक्रमित हुन् ।

स्रोत : सीएनएन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु