• नेपाली बजारमा फेरि बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ असार २०७७, बुधबार १५:५८

    काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ७०० रुपैयाँले बढ्दै सुन आज ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज पनि ६ सय रुपैयाँले बढेर सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार ६० मा कारोबार भइरहेको छ । सुन सोमबार ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै चाँदी आज ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीमा ५ रुपैयाँ बढेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु