बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

यस्तो बनोस् मेरो तीज’ बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २४ गते, बुधबार १९:०२

काठमाडौं ।गायिका तथा संचारकर्मी अनिता चलाउनेले हरेक बर्ष जस्तै यसपटक पनि तीज गीत सार्वजनिक गरेकी छन् । बुधवार ‘यस्तो बनोस् मेरो तीज’ बोलको गीत सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो ।

विदेशको पिआर छ’ को सफलता पछि लगतै तीज गीत सार्वजनिक गरेकी अनितालाई शुरुमै राम्रो प्रतिक्रिया मिलेको छ ।
पछिल्लो समय तीजको नाममा अपशब्द र भल्गर गीतहरु सार्वजनिक भईरहेको अवस्थामा अनिताको गीत समय सान्दर्भिक र नेपाली मौली संस्कृति र धर्म अनुसार तयार गरिएको छ ।
बिपिन किरणका शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा अनिताले स्वर दिएकी छन् । गीतमा पछिल्लो समय टिकटकबाट भाइरल भएकी दिदीबहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा सागर लम्साल (बले) प्रस्तुत भएका छन् ।
भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका हुन् । गायिका चलाउनेले आफुले भड्किलो गीत नगाएर नेपालको मौलिक चाड हरितालिका तीजको मर्म अनुसारको गीत तथा भिडियो बनाएको बताईन् ।
गीतमा मौलिक शब्द तथा संगीत र भिडियो पनि उस्तै तरिकाले निर्माण गरेको उनले बताएकी छन् ।
भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु