बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

कोरोना महामारीमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २५ गते, बिहीबार १२:५९

काठमाडौं, २५ असार – कोरोना भाइरसको महामारीको समयमा रोटरी क्लब अफ काठमाडौं मिड टाउन र पिए नेपालको संयुक्त आयोजनामा रोट्रयाक्ट क्लब अफ काठमाडौं मिड टाउनले सोर्हखुट्टे, काठमाडौं क्षेत्रका करिब ३ सय व्यक्तिको लागि खाना तयार पारेर वितरण गरेको छ । कार्यक्रमको मुख्य अभिप्राय नै सहयोग गर्ने भएकाले यसका लागि “हेल्पिंग हाण्ड” अर्थत “सहयोगी हात” नाम दिईएको छ । यस अन्तर्गत, स्वयंसेवकहरूले खाना तयार पार्ने, खाद्य पदार्थको प्याकेजिंग गर्ने र परिसर सफा गर्ने काम १० दिनसम्म गरेका थिए ।

यस कार्यलाई सफल पार्नेको लागि रोट्रयाक्ट क्लब अफ बुढानिलकण्ठ, रोट्रयाक्ट क्लब अफ काठमाडौं, रोट्रयाक्ट क्लब अफ कुपन्डोल, रोट्रयाक्ट क्लब अफ स्वयम्भु , रोट्र याक्ट क्लब अफ पीपुल्स क्याम्पस र रोट्रयाक्ट क्लब अफ काठमाडौं विश्वविद्यालय मेडिकल स्कूलको योगदान रहेको छ ।
रोट्रयाक्ट क्लब अफ काठमाडौं मिड टाउन धेरै किसिमका सामाजिक कार्यहरु तथा च्यारीटी उन्मुख कार्यक्रमहरुमा आवद्ध हुँदै आएको छ । यसले अन्तराष्ट्रिय सामाजिक विकासका संस्थाहरुसँगको सहकार्यमा थुप्रै कार्यक्रमहरु आयोजना गर्दै आइरहेको पनि छ ।

कोरोनाको कहर रहदा पनि समाजिक दायित्वलाई आत्मसात गर्नुपर्ने मुख्य हेतुले यो कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रमको सफलताको मुख्य श्रेय रोटरी क्लब अफ काठमाडौँ मिड टाऊनकी डा चन्द्र लेखा तुलाधरलाई जाने र उनको यो साथको लागी रोट्रयाक्ट क्लबको प्रतीनिधित्व गर्दै रोट्रयाक्ट क्लब काठमाडौं मिड टाउनकी अध्यक्ष सोनी खनालले आभार प्रकट गर्दै निकट भविष्यमा अन्य कार्यमा पनि सहकार्य जनाउने प्रतिबद्धता ब्यक्त गरिन ।साथै महामारीको यस्तो समयमा पनि समाजमा सहयोगी भावना राख्ने आफ्ना क्लबका साथीहरु प्रति कृतज्ञता ब्यक्त गर्दै सबै युवा वर्गलाई प्रेरित हुन आग्रह गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु