• कटहरिया नगरपालिका कार्यालय प्रमुख बिहिन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ असार २०७७, बिहीबार १८:२७

    असार २५ रौतहट।

    ललन कुमार चौरसिया

    रौतहट अन्तर्गत असारको अन्त्यमा विकास निर्माण तथा सेवागृहीस्को भुक्तानी चटारो परिरहेको बेलामा रौतहटमा एक नगरपालिका हाकिम बिहीन वनेको छ। रौतहटको कटहरिया नगरपालिका प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा परेपछि सो न. पा. हाकिम बिहिन बन्नेका छन्। रौतहट कटहरिया नगरपालिका लगायत ८ ओटै नगरपालिका अझै नगर सभा गर्न सकेको छैन। कटहरिया ना. पा. मा एक महिनाको अवधिमा २ जना प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा परेपछि नगर सभा अन्यौलनमा छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्याम कु. सिंह निलम्बन परे। जिल्ला हुलाक कार्यालय कार्यरत रहेका उनले भष्टृचार गरेको आरोपमा अख्तियार अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेपछि उपसचिव सिंह निलम्बन परेका थिएँ।
    त्यस पछि असार १५ गते शाखा अधिकृत मनोज कु. रजक सो कटहरिया ना. पा. प्रमुख प्रशासकीय अधिकृतको रुपमा उक्त नगरपालिका नगर प्रमुख सियाराम कुशवाहा जानकारी दिए केही वर्ष अघि रौतहट कै राजदेवी नगरपालिकामा कम्बल खरिदका विषयमा अनियमिता गरेको आरोपमा अख्तियारले शाखा अधिकृत रजक सहित ६ जना माथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यता प्रमुख प्रशासकीय अधिकृत अभावमा नगरपालिकाको नगर सभा गर्न नसकेको नगरप्रमुख कुशवाहाको भनाई छ। नगर सभा समयमा प्रमुख प्रशासकीय अधिकृत धमाधम निलम्बन परे पछि आफुलाई समस्या परेको हो।
    असार १० गते भित्र नै नगर सभा गरी सक्नु पर्ने नेपाल सरकारले निति भएता पनि कर्मचारी अभावले गर्न नसकेको भनाई छ।
    संघिया मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाइदिदा सेवा ग्राहीको भुक्तानीका समेत समस्या आएको छ।

    कटहरिया नगरपालिका सहित बौधीमाई नगरपालिका, फतुवाविजयपुर नगरपालिकामा, देवाहीगोनाही नगरपालिका, राजदेवी नगरपालिका, गुजरा नगरपालिका, इशनाथ नगरपालिका, र गरुडा नगरपालिका नगर सभा भएको छैन। गरुडा नगरपालिका आउँदो असार २९ गते नगर सभाको तयारी पुरा गरीएको छ। सो नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मोहम्मद मुस्ताक आलमले जानकारी दिएका छन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु