दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सरकारले छोटो दुरीको सार्वजनिक यातायात चल्न दिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २५ गते, बिहीबार २०:१६

काठमाडौ, २५ असार । सरकारले छोटो दुरीको सार्वजनिक यातायात चल्न दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले आजको पत्रकार सम्मेलनमा छोटो दुरीमा सार्वजनिक यातायात चल्ने जानकारी दिएका हुन ।

पत्रकार सम्मेलनमा उनले उपत्यकाको सुरक्षाका मापदण्ड अनुसार सवारी साधन संचालन गर्ने निर्णयको जानकारी दिए । सरकारले उपत्यका बाहिर भने एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने गरी सवारी साधन संचालन गर्ने निर्णय गरेको हो ।

काठमाडौ उपत्यकामा भने तीन जिल्लामा नै एक जिल्लाबाट अर्काे जिल्लामा जान पाउनेछन् । खतिवडाले शुक्रबारदेखि सार्वजनिक यातायात चलाउन सकिने बताएका छन् । निजी सवारी साधनमा पनि जोर बिजोर प्रणालीमा चलाउन सकिने जानकारी दिएका छन् । काठमाडौ र अन्य जिल्लामा ट्याक्सी चलाउन दिने पनि निर्णय गरेको खतिवडाले बताए ।

सार्वजनिक यातायातले तोकिएको भाडादरको ५० प्रतिशत भाडा लिन पाउने सरकारले निर्णय गरेको छ । यात्रुबाहक बसमा आधा सिट मात्रै यात्रु राख्न पाइनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु