दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सर्जक माधव न्यौपानेले अस्ट्रेलियाबाटै ल्याए, हरियो डलर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २६ गते, शुक्रबार १९:०४

काठमाडौ ।लगातार समय सान्दर्भिक गीत निकाल्दै आएका सर्जक माधव न्यौपानेले पनि तीज गीत बजारमा ल्याएका छन् । अस्ट्रेलिया रहेका माधव न्यौपानेको गीतमा माइती जान नपाएकी चेलीको वेदनाभन्दा पनि अस्ट्रेलिया जान नपाएका युवाको कथा व्यथालाई समेटिएको छ । केही वर्षयतादेखि उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ ।

प्लस टु सकेर वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीको फेसन नै बनिसकेको छ। तीमध्ये धेरैको गन्तव्य अस्ट्रेलिया बन्दै आएको छ । यसैलाई व्यंग्य गर्दै गायक तथा सर्जक माधव न्यौपानेले तीज गीत बनाएका छन् । उनले विदेशको भूत हरियो डलर नाम दिएका छन् । गीतमा युवा युवतीले अस्ट्रेलिया जाने र हरियो डलर कमाउने सपना बुन्छन् । समुद्रको किनारमा घुम्दै सेल्फी खिच्ने र रमाउने योजना गीतको कथामा छ । नेपाल र अस्ट्रेलिया दुवै ठाउँमा छायांकन गरिएको भिडयोले नेपालका युवापुस्ताको चाहनालाई प्रस्ट झल्काउँछ ।

खुमन अधिकारी र प्रीति आलेको स्वरमा रहेको गीतको लय गायक अधिकारीकै हो । गीतमा शब्द माधव न्यौपानेको छ, भने अभिनय पनि उनी आफैँले गरेका छन् । साथमा प्रतीक्षा अधिकारी पनि छिन् । उनीहरू भएको भिडियो अस्ट्रेलिया खिचिएको हो । यता नेपालमा खिचिएको भिडियोमा भने महेश खड्का सृष्टि खड्काको अभिनय छ । एमएम इन्टरटेन्मेन्ट इभेन्टबाट हालै सार्वजिक गीतको संयोजक कृष्ण विक हुन् । अडियो मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका हुन् । अस्ट्रेलियामा सिनेमाग्राफर श्री पराजुली हुन् । भिडियोको छायाङ्कन सुरेश श्रेष्ठ, निर्देशन प्रकाश भट्ट र सम्पादन विष्णु शर्माले गरेका हुन् । गीत सार्वजनिक भएको छोटो समयमै टिकटकमा भाइरल भएको छ ।

‘सिड्नीको सिटीमा सेल्फी खिचौँला, मेलबर्नको सहरमा टिकटक बनाउँला, रमाउँला जमौला, हरिया डलर कमाउँला ’ गीतको यो भागमा टिकटकमा पनि धेरैले अभिनय गरेको देख्न सकिन्छ । यसअघिका सालमा पनि तीज गीत निकालेका सर्जक माधव न्यौपाने भन्छन् ‘तीज गीत असाध्यै मन पर्छ,’ सर्जक माधव न्यौपाने , ‘त्यसैले वर्षेनी गीत निकाल्छु ।’ एक दर्जनभन्दा बढी गीत निकालिसकेका माधव न्यौपाने समाजमा देखिएका यथार्थ र कटु सत्यलाई गीतको माध्यमबाट बाहिर ल्याउने सर्जक मानिन्छन् ।

उनका यसअघिका १४ अञ्चल ससुराल, बनको न्याउली, लकडाउनको डोरी, ढुकुर ढुकुरनीलगायत गीतले चर्चा कमाएका थिए । ‘गीत भनेको लोकलयमा आधारित, नेपालीपन र नेपाली परिवेश झल्किने हुनुपर्छ,’ सर्जक माबध न्यौपाने भन्छन्, ‘त्यसैले मेरा गीत धेरै रुचाइएका हुन सक्छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु