गोरखा समाज अमेरिकाले कोरोनाबाट मृत्यु भएको पालुंगटारको मृतकको परिवारलाई सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २६ गते, शुक्रबार १९:५२

काठमाडौं । अमेरिकामा रहेका गोर्खालीहरुको संस्था गोरखा समाज अमेरिकाले कोरोनाबाट मृत्यु भएको पालुंगटारको मृतकको परिवारलाई सहयोग गरेका छन् । वैदेशिक रोजगारको क्रममा कतारमा रहेका गोरखा जिल्ला पालुङ्टार नगरपालिका वडा नं ७ स्थायी निवासी ४४ बर्षीय व्यक्ति को कोरोनाबाट मृत्यु हुन पुगेको थियो ।
घर फर्कदै गर्दा तोकिएको मापदण्डनुसारको क्वारेन्टाइनमा बस्दा कोरोना संक्रमण पोजिटिभ देखिएपछि गोरखा अस्पतालको आईसोलेसन कक्षमा उपचाररत हुँदा उनको मृत्यु भएको थियो । कोरोनाको संक्रमणबाट गोरखा जिल्लामै पहिलो व्यक्तिको यसरी मृत्यु हुन पुगेकोमा गोरखा समाज अमेरिकाले गहिरो चिन्ता व्यक्त गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारको सहयोगका लागि एकलाख एकहजार एकसय एघार (१,११,१११)नेपाली रुपैया सहयोग उपलब्ध गराईएको समाजका अध्यक्ष अञ्जन श्रेष्ठले जानकारी दिए ।

बैदेशिक रोजगार नै आम्दानीको मुख्यश्रोत भएकोले उहाँको श्रीमती, ११ बर्ष १ छोरी र ४ बर्षको एक छोरालाई केहि राहत पुगोस् भन्ने पवित्र उदेश्यले हामी अमेरिकामा बसोबास गर्ने सम्पुर्ण मनकारी गोरखालीहरुले आफ्नो पिडालाई एकातिर पन्छाएर गोरखा का समाजसेवी कमल दानीको अनुरोधमा गोरखा समाज अमेरिकाले एउटा सानो सहयोग स्वरुप पालुड्टार नगरपालिकाका प्रमुख ई दिपक बाबु कँडेलजी मार्फत एकलाख एकहजार एकसय एघार नेपाली रुपैया सहयोग उपलब्ध गराईएको जानकारी गराउँदछु’श्रेष्ठद्धारा जारी विज्ञप्तिमा छ ।

विज्ञप्ति :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु