तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बिश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९को पछिल्लो तथ्यांक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २७ गते, शनिबार ७:३६

काठमाडौँ, २७ असार । महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर पाँच लाख ६२ हजार १७ जनाको मृत्यु भएको छ । हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड २६ लाख १५ हजार ७४९ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ७३ लाख २४ हजार ८७० जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा एक लाख ३६ हजार ६५२ जनाको मृत्यु भएको छ भने ३२ लाख ९१ हजार ३८७ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ७० हजार ५२४ जनाको मृत्यु भइसकेको छ भने १८ लाख ४ हजार ३३८ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

यस्तै, भारत २२ हजार १४४, इटलीमा ३४ हजार ९३८, स्पेनमा २८ हजार ४०३, फ्रान्समा ३० हजार ४, इरानमा १२ हजार ४४७, बेल्जीयममा ९ हजार ७८१, जर्मनीमा ९ हजार १३०, नेदरल्याण्डमा ६ हजार १३६, टर्कीमा ५ हजार ३२३, स्वीजरल्याण्डमा १ हजार ९६६ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा १६ हजार ६४९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भइसकेको छ । यस्तै, ८ हजार ११ जना संक्रमित कोरोनामुक्त भएपछि डिस्चार्ज भएका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु