शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

भोलिदेखि रुपन्देहीमा एसी बस सञ्चालन हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २७ गते, शनिबार १०:३८

बुटवल – कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण लामो समयसम्म थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधा सहितका बसहरु भोलि आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । प्रा.लिको शुक्रबार बसेको बैठकले २८ गते आइतबारबाट आफ्नो यातायात सञ्चालन गर्ने निर्णय गरेको प्रा.लिका अध्यक्ष धन बहादुर अधिकारी शंकरले बताए ।

गृह मन्त्रमलयले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रा.लिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग समन्वय गरि सञ्चालनमा ल्याउने निर्णय गरेको उनले बताए । उनले गृहमन्त्रालयले जारी गरेको सबै मापदण्ड पूूरा सुरक्षित तरिकाले यातायात सञ्चालन गर्ने बताए । हामीले ३ महिना बढी लकडाउन व्यहोर्यौ, मुलुक विपद्मा परेको अवस्थामा आमसर्वसाधारणको सेवाको लागि हाम्रो सेवा सूचारुगर्नेे निर्णय गरेका हौं । अध्यक्षले भने, हामिले बसहरुलाई सुरक्षित तरिकाले सञ्चालनमा ल्याउने छौं।’

राज्यले निर्णय गरेका अनुरुप यात्रुलाई बसमा चढाउनु अघि सेनिटाइजर र थर्मल गर्न ज्वरो जाँच गरेर बसभित्र प्रवेश गर्न दिइने, बसभित्र भौतिक दूरी कायम गरिने, सहचालकले पीपीई लगाएर मात्र काम गर्न लगाइने जस्ता मापडण्डहरु पूरा गर्ने गाडीधनि प्रकाश पुनले बताए । हाल ८ वटा बस सञ्चालनमा ल्याएको प्रालिले बेलहिया (सुनौलीसम्म) नाकादेखि बुटवल गोलपार्क र बर्दघाटसम्म आधा–आधा घन्टामा सवारी साधन सञ्चालन गर्ने बताएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु