मो.मोजिवुलाह रौतहट
रौतहट। भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ ले रौतहट कृषि ज्ञान् केन्द्र गौर र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट द्वारा ब्याज अनुदान, राहत ,पुनर्स्थापना ,गाई ,भैंसी पालन ,माछा पोखरी मर्मत सम्भारको लागि राहत प्याकेज प्रदान गरिने भएको छ ।
कृषि राज्यमन्त्री योगेन्द्र यादवको पहलमा रौतहटको किसानहरुका लागि सम्पुर्ण राहत प्याकेजको रूपमा करिब ७ करोड रुपैया घर घरमा पुर्याउने योजना रहेको बताउनु भएको छ।
प्रदेश सरकारको निर्देशनमा कृषि ज्ञान केन्द्र गौर र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटले बेग्लाबेग्लै प्रस्ताव आव्हान मागको सूचना जारी गरेको थियोे ।
प्रस्तावित सूचना अनुसार कृषि ज्ञान केन्द्र गौरमा ब्याज अनुदानको लागि ५ हजार ६ सय जना ,राहतको लागि ४ सय ६२ जना , पुनर्स्थापनाको लागि ३६ सर्वसाधारण जनताहरु आ(( आफ्नो प्रस्तावना दर्खास्त दर्ता गराएको कार्यालय प्रमुख नवल किशोर झाले बताउनु भएको छ ।
कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख झा का अनुसार ब्याज अनुदान ,राहत र पुनर्स्थापनाका लागि जम्मा ४ करोड ४३ लाख रकम रहेकोमा सब भन्दा बढी रकम ब्याज अनुदानमा दिने कार्यक्रम रहेको बताउनु भएको छ ।
यस्तै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटमा विपन्न वर्गका लागि ९ सय ७२ वटा ,एकल महिलाका लागि ५८ वटा ,दुध उत्पदन सहकारी सस्थाकालागि १९ वटा र पुरानो पोखरी मर्मतको लागि १ सय ७२ वटा दर्खास्त परेको कार्यालले जनाएको छ ।
कार्यालय प्रमुख डा.राम पवित्र दासका अनुसार विपन्न वर्गको लागि ८० लाख, एकल महिलाको लागि २० लाख , दुध उत्पादन सहकारी सस्थाको लागि ५० लाख र पुरानो पोखरी मर्मतको लागि २५ लाख रुपैया छुट्टयाएको छ ।
कोभिड(१९ बाट प्रभावित र हुरी , बतासले क्षति ग्रस्त रौतहटको किसानहरुको लागि केही राहत स्वरूप प्रदान गर्न लगाएको राज्यमन्त्री योगेन्द्र यादवको भनाई रहेको