एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टले खाजा र खानाका परिकार डेलिभरी शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २७ गते, शनिबार २०:५१

काठमाडौं। सिटिईभिटी तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी,मलेसियाबाट सम्बन्धन प्राप्त राजधानी स्थित कालिमाटीमा संचालित एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टमा अध्यरत विद्यार्थी मिलेर बन्दाबन्दी को सदुपयोग गदै स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर खाजा र खानाका परिकार डेलिभरी शुरु गरेको छ ।

काठमाडौ कालिमाटी रिङरोड उपत्यकाभित्रका विभिन्न ग्राहकको रोजाइअनुसार घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी गरिने छ।

खाना डेलिभरी गर्दा संक्रमणको पक्षलाई ध्यानमा राखेर सावधानीका विभिन्न उपाय अपनाउने गरिएको छ । डेलिभरी पर्सनलाई पीपीई, पञ्जा,मास्क र सेनिटाइजर दिएर अधिकतम सतर्कता ग्राहकलाई ताजा र स्वस्थकर खाना पुर्‍याउन हामीले कुनै सम्झौता नगरी सेवा दिने प्रोग्राम डाइरेक्टर सागर जि सि ले जानकारी दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु