• ‘पराईको सिन्दुर’ बोलको गीत सार्वजनिक ‘

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ असार २०७७, आईतवार ०७:४४

    काठमाडौं ।गीतकार तारा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पराईको सिन्दुर’ बोलको गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत रहेको छ ।

    सार्वजनिक गीतमा विछोड भएपछि हुने प्रेमलाई व्यक्त गरिएको छ । भिडियोमा जीवन भट्टराई र तारा अधिकारीको अभिनय रहेको छ ।

    भिडियोमा ताराको विछोडमा जीवन तड्पिएको देखाइएको छ । शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समर सहायक निर्देशकको रुपमा रहेका छन् ।

    अर्जुन तिवारी र टिमले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको कलर ग्रेडिङ रहेको छ ।

    यस गीत गीतकार ताराकै युट्युब च्यानल ‘सुनौलो तारा’बाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु