• पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई बने हजुरबुवा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ असार २०७७, आईतवार १२:०९

    काठमाडौं, २८ असार । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई हजुरबुवा बनेका छन् । उनकी एकमात्र छोरीले आज विहान बच्चालाई जन्म दिएकी छिन् ।टिचिंग अस्पताल महाराजगञ्जमा छोरी मानुषी यमी भट्टराई र ज्वाईं जेकेन्द्रलाई पुत्रलभ भएको भन्दै बाबुरामले खुशी साटेका छन् । उनले ट्वीटमार्फत् २२ औं शताब्दी देख्ने सम्भावना भएको परिवारको एकमात्र शिशुको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु