जिवन शर्मा चितवन ।
बिहीबारदेखि देशै भरि परेको अबिरल बर्षाका कारण साबिक पदमपुर गा.बि.स.(कालिका नगरपालिका(१-७)पुरै जलमग्न भएको छ।
करिब ४ फिट सम्म पानी जमे ले कालिका-७,४,२,६ बासिन्दा प्रँभाबित देखिन्छ। हुनत विगतका बर्षमा पनि पानिको समस्या त थियो तर यस बर्ष धेरै हानि-नोक्सानी भएको हो। कालिका नगरपालिकाको उत्तरी भेगबाट आउने वुङ्ग खोला र थाङ्ग खोलाको पानी सो मानबबस्तीमा पसेको हो। विगतका बर्षमा पनि पानी त आउने गर्थो! तर यस बर्षको पानी धेरै आयो।
मानव बस्तीको चाप,
ढल निकासको ब्याबस्थापनको निकास नहुनु्,
कुलो र खोल्साको बिनास गरिनु मुख्य कारकत्तव हुन्।
उत्तरी भेगमा रहेको घना जंगल दुई खोला छन् जस्मध्य बुङ्ग खोला र थाङ्ग खोला पर्दछ । कालिका नगरपालिका-३ का वडा अध्यक्ष टिका रिजालले डिजिटल खबरलाई जानकारी गराउनु भयो। आज जिल्लामा बिपत ब्यावथापनको बैठक छ । सो भेलाले कानुनी निकास निकाल्ने छ। हामी, कानुनी अनुमतिको प्रखाइमा छौ?
पानीको ब्यावथापनका लागि बन जंगल भएकाले हामीलाई अनुमति आज भयो भने हामी काम भोलिबाटै सुरु गर्न तयार छौं । जस् मध्ये बुङ्ग खोलाको पानी थाङ्ग खोलामा डाइभर्सन गरिन्छ र थाङ्ग खोलाको पानीलाई संयुक्त रूपमा खगेडी खोलामा मिसाएर निकास गरिन्छ। अन्तत बस्तीबाट गएको सबै पानी खगेडी खोलामा नै मिसिन्छ।