काठमाडौ २९, असार । मुलुकमा तीन महिना भइसक्दा पनि लकडाउन पुर्ण रुपमा खुल्न सकको छैन । जसका कारण आम विपन्न तथा मजदुरहरुको घरमा चुल्हो नै बल्न छाडिसकेको छ ।
सरकारले राहतको घोषणा गरेपनि एक महिना पनि सरकारको राहत पुगेन जसका कारण गरिव तथा विपन्न एवं मजदुर परिवारलाई झनै समस्या बडदै गयो । फलस्वरुप सरकारको राहत फलामको चिउरा जस्तै बनेपछि विपन्न तथा मजदुरहरुको लागी केही संघसंस्था जुटन थालेका छन ।
सामाजिक उत्तरदायित्वको भावना सहित रास्ट्रीय प्रजातान्त्रिक ट्रेड युनीयन महासघ नेपाल काे आयाेजनामा विपन्न तथा मजदुरहरुमा परेको समस्यालाई ध्यानमा राख्दै राहत बितरण गरेको छ।
रा.प्र.पा पार्टी कार्यलय चावहिल प्राङगनमा
बिहीबार Globle ime bank रJTUCC Nepal को सहयोगमा राहत बितरण गरिएको छ।
कार्यक्रममा चिराग मान सिह कुवर सभापति , नायिका रेखा थापा प्रमुख अतिथि बैंक प्रबन्धक सुद्र्सन राज गुरुङ,बिशेश अतिथी साथै संस्थाका प्रतिनिधि लगायतको सहभातिमा संघले राहत वितरण गरेको हो ।
कार्यक्रममा ७५ जना कोरोना पिडित मजदुरलाई दैनिक प्रयोग गरिने एक लाख तिस हजार बराबरकाे खाधयान्न सामाग्री बितरण गरिएको ट्रेड युनीयन महासघंका महासचिव तथा कार्यक्रम संचालन सामाजिक अभियान्ता कृष्ण बहादुर राउत ले जानकारी दिनु भयो ।