शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

नेपाल बनाउने भिजन हामीसँग छ, भोटमात्र दिए पुग्छ– अध्यक्ष गिरी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २९ गते, सोमबार १४:०६

काठमाडौं । आमूल परिवर्तन पार्टीका अध्यक्ष भरत गिरीले सरकारले नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेर संकटमा परेको सत्ता बचाएको बताएका छन् ।
उनले सरकार आन्तरिक समस्यामा भएको र ढल्ने अवस्थामा पुगेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा भारतद्धारा अतिक्रमित भूमि फिर्ता गर्ने पहल सकारात्मक भएको टिप्पणी गरेका छन् । नक्सामात्र ल्याएर जनतालाई झुक्याउन नहुने समेत गिरीले स्पष्ट पारेका छन् । ‘सरकारका एक हजार गल्ती होलान् तर यो सीमाको विषयमा देखाएको गम्भीरता प्रशंसायोग्य छ’ उनले भने ‘ सरकारले अनावश्यक गफ नगरेर सधैं जनताको मन छुने खालका काम गर्दै त्यसै अनुसारका योजना ल्याउनु जरुरी छ ।’ सरकारले गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको भन्दै उनले झण्डै दुई तिहाई नजिकको सरकारले जनताका गुनासालाई सम्बोधन गर्न चासो नदिएको आरोपसमेत लगाए । पार्टीले सीमा विवाद समाधान गर्न भारतीय दूतावाससहित पहल गरिदिनका लागि अन्य दुतावासमा पनि ज्ञापनपत्र बुझाइसकेको छ । समसामयिक राजनीतिमा चासो राख्दै आएको पार्टीले सरकार र नेताहरु जिम्मेवार नभएकाले यो असहज अवस्था आएको निश्कर्ष निकालेको छ ।

उनले यो सरकारलाई जनताले धेरै पत्याएको भएपनि काम गर्न नसकेकोमा आपत्ति जनाएका छन् । ‘यो सरकारबाट जनताले केही पाउँछन् भन्ने सोच्नु भनेको मरुभूमिमा खोला बग्छ भनेर कल्पना गर्नुजस्तो हो’ अध्यक्ष गिरीले भने ‘ सरकार चरम रुपमा भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, अनियमितता र अस्थिरता बढ्दै गएको छ, यो राम्रो लक्षण होइन ।’ उनले आफूहरुको सरकार बनेपछि अहिले देखिएका समस्याको पहल गर्ने दावी गर्छन् । उनले आफूहरुसँग योजना भएको र त्यसलाई कार्यान्वयन गरेर सबैको मन जित्नेमा उनी ढुक्क छन् । तर राम्रो काम गर्न नदिन कसैले अवरोध गर्छन् कि भन्ने चिन्ता पनि छ उनलाई । उनले शिक्षामा समानता, सबैको निःशुल्क उपचारको व्यवस्था गर्न, बुढ्यौली उमेर पुगेकालाई सुविधाजनक ढंगले व्यवस्थित गर्न पनि सरकारसँग माग गरेका छन् । उनले आफ्नो सरकारले यी विषयलाई प्राथमिकता दिने पनि जनाएका छन् ।

व्यभिचारी, अपराधी र खराव मानसिकताले गर्दा सरकार असफल भएको उनको भनाई छ । ‘ईश्वर भगवान साक्षात छन्, हामीले जे गलत गरेपनि माथिबाट हेरिरहेका हुन्छन् त्यसबाट हामीलाई कुनै दिन जस्तो पनि हानी हुन सक्छ’ उनले भने ‘ मनमा भय नभएकाले समाज पनि गलत बाटोमा लागेको छ, यसलाई परिवर्तन गर्ने हामीसँग भिजन छ ।’ १२ कक्षा पास गरेका सबै नागरिकलाई आफ्नो सुरक्षा गर्न सक्ने गरी सैन्य तालिम दिनुपर्ने पार्टीले विचार अघि सारेको छ ।
नेपालमा जलविद्युत,पर्यटन,जडिबुटीसहित अन्य धेरैको प्रचुर सम्भावना भएकाले त्यसको व्यवस्थापन गरेर प्रशस्तै आम्दानी गर्ने दिशामा सरकार र सरोकारवाला निकाय गम्भीर नभएको उनको आरोप छ । उनले हामीसँग भएका सीमित स्रोत र साधनलाई उपयोग गर्न तत्पर रहनुपर्ने धारणा राखेका छन् । कोरोना भाइरसका कारण भएको लकडाउनमा सरकारले आफ्नो दायित्व पूरा गर्न नसकेको उनले ठोकुवा गरेका छन् । लकडाउनमा सबै नागरिकलाई पुग्ने दाल, चामल, तेल र अन्य अत्यावश्यक सामग्रीसहित कम्तिमा परिवारलाई मासिक ५ हजार रुपैंया उपलव्ध गराउन सकेको भए सरकारको पक्षमा जनलहर बढ्ने थियो भन्दै उनले आगामी दिनमा यो बाटोतिर लाग्न सुझाव दिएका छन् ।
पार्टीले अहिले संगठन विस्तारमा ध्यान केन्द्रित गरेको छ । विदेशमा पनि सम्पर्क गर्दै संगठन विस्तारमा क्रियाशिल पार्टीले आगामी दिनमा आफ्नो‘भिजन’ले देशलाई सही ट्रयाकमा लाने दावी गरेका छन् । उनी सबै पार्टी परीक्षण भइसकेकाले अब आफूहरुलाई जिम्मेवारी दिए नेपालको विकास र विस्तारमा परिवर्तन गरिदिने बताउँछन् । आफ्ना विचारलाई देशव्यापी रुपमा लैजाने योजनामा रहेको भन्दै अध्यक्ष गिरीले अरु पार्टीहरु विदेशीको ईशारामा चल्ने भएकाले नेपाल र नेपालीको हकहितमा समय दिन नसकेको पनि आरोप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु