• उत्कृष्ट तिज गीत ‘प्रदेशी बुढा’बजारमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ असार २०७७, सोमबार १९:३७

    काठमाडौ ।निकै चर्चित लोक तथा दोहोरी गायिका सम्झना भण्डारी र गायक निरज पोखरेल को अर्को उत्कृष्ट तिज गीत ‘प्रदेशी बुढा’बजारमा आएको छ ।

    नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा हरेक सालमा भै यसपाली पनी नेपाली नारीहरुको पिडालाई समेटेर गीत आम दर्शक तथा स्रोता माझमा प्रस्तुत गरेको गीतका सर्जक अर्जुन गुरुङले बताए ।

    परदेशमा भएका श्रीमान र स्वदेशमा भएको श्रीमति विचको पिडालाई गीतमा समेटिएको छ । अर्जुन गुरुङको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । जसको एरेन्ज जुजु गुरुङले गरेका छन ।

    प्रकाश खड्काको छायाँकन ,राजेश कुमारको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ ।
    ‘प्रदेशी बुढा’ गीतको भिडियोमा रिना थापा मगर र आयुष्मान लामाको अभिनय तथा नृत्य रहेको छ ।

    भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु