मुस्लिम समुदायको हरेक पक्ष समेटेर तथ्यांक संकलन गर्न छलफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ३० गते, मंगलवार २१:०३

काठमाडौ ।राष्ट्रिय मुस्लिम आयोगले जनगणनामा मुस्लिम समुदायको हरेक पक्ष समेटेर तथ्यांक संकलन गर्न आज मुस्लिम आयोगको कार्यालयमा छलफल सम्पन्न भएको छ।

२०७८ सालको जनगणनामा मुस्लिम समुदायको मदरसा र शैक्षिक अवस्था, आर्थिक अवस्था सामाजिक अवस्था लगायत हरेक दृष्टिकोणले समेट्न आयोगमा कुरा चलेका छन ।

आजको बैठकमा रहेको अगुवा हरू मुस्लिम संघका अध्यक्ष,ईस्लामिक संघ अध्यक्ष बिभिन्न मुस्लिम समुदाय का पदादिकारी,संघ,संस्थाको अगुवा हरू उपस्थित थिए।

आयोगका अध्यक्ष समिममिया अन्सारीले मुस्लिम समुदायका सबै क्षेत्रको तथ्याङ्क संकलन गर्नेका लागि आज मुस्लिम समुदाय अगुवा हरू संघ छलफल भएका छन।संवैधानिक आयोगका प्रतिनिधि र बढी बसोबास रहेको भूगोलमा मुस्लिम समुदायलाई अनुगमनमा लिएर जानुपर्ने कुराकानी भएका छन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु