• रायमाझी परिवारको तीज गीत ‘आक्कुम बाक्कुम’ सार्बजनिक (भिडियोसहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० असार २०७७, मंगलवार २२:३५

    काठमाडौ / बिशाल रायमाझी र अबिमा गुरुङको आवाजमा रहेको तीज गीत ‘आक्कुम बाक्कुम’ सोमबार सार्बजनिक भएको छ । सार्बजनिक भएको छोटो समयमानै उक्त गीतलाई धेरैले मन पराएका छन भने गित य़ुट्युबको ट्रेडिङ्गमा पर्न सफल भएको छ रायमाझी परिवारले निकालेको उक्त एल्बममा नायिका तथा कलाकार एलिना रायमाझीको अभिनय नृत्य तथा ठुम्का रहेको छ ।

    ‘आक्कुम बाक्कुम’ मा बिशाल रायमाझी र अबिमा गुरुङलाई गायिका हरिमाया रायमाझी,शर्मिला रायमाझी,एलिना रायमाझीले साथ दिएका छन उक्त गीतमा शब्द तथा लय संकलन बिशाल रायमाझीले गरेका छन भने गीतको संगीत संयोजक कमल सौरागको रहेको छ ।

    भिडियोको छायांकन सागर गौतम तथा सम्पादन र निर्देशनको राज कुमार मगरले गरेका छन गीतमा नायिका एलिना रायमाझी र बिशाल रायमाझीको कार्य तारिफ गर्न लायक देखिन्छ ।

    उनीहरुको सुन्दर अभिनय तथा नृत्यले गर्दा नेपाली दर्शकहरुको मनमा बस्न सफल हुनेमा उनीहरु बिस्वस्त छन । अहिले कोरोनाको महामारीमा केहि कलाकारहरु घरमै फुर्सदमा बसे पनि कलाकार एलिना रायमाझीलाई भने घरमा बस्न नपरेको उनि बताउछिन उनले दर्शकहरुको मायाकै कारण आफु यस क्षेत्रमा रहिरहेको बताउछिन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु