बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

हेर्नुस् के छ ? आजको मौसम पूर्वानुमान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ३१ गते, बुधबार ०८:५२

काठमाडौं,असार ३१ । गत शुक्रबारदेखि सक्रिय मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ।

बुधबार देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

त्यस्तै बुधबार रातीदेखि देशभरको मौसममा सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मनसुन सक्रिय भएर जुनसुकै बेला घनघोर वर्षा हुनसक्ने भएकाले सबैले सतर्कता अपनाउन र नदी तथा खोला आसपास नजानसमेत महाशाखाले अनुरोध गरेको छ ।

आज बढी पानी पर्ने प्रदेशमा रहेका साना ठूला नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार देशको पूर्वदेखि पश्चिम सम्मका विभिन्न साना तथा ठूला नदीको बहाव बढ्ने सम्भावना रहेकाले सतर्क रहन र नदी आसपास नजानसमेत आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु